जर्मनी युरोकपको क्वाटरफाइनलमा

आइतबार, असार १६, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ ।  
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार