उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित

शुक्रबार, असार १४, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा फाकुनडो पेलीस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक एक गोल गरेका थिए । उरुग्वेले यस अघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि उरुग्वेले समुह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । उरुग्वेको क्वाटरफाइनलमा पुग्ने निश्चित जस्तै रहेको छ । समुह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ । 
        

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार