सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिंग, ५६ रनमा अल आउट

बिहीबार, असार १३, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट भएको छ । जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।
    

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार