युरोकप : जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

आइतबार, असार ९, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । जारी युरोकपको समुह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन् । पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि आ-आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक रिपब्लिकले दोस्रो खेलमा एक एक अंक हासिल गरेका छन् । पहिलो खेलमा जर्जिया टर्कीसँग  ३-१ गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिक पोर्चुगलसँग २-१ गोलले पराजित भएको थियो । अब समुह चरणको अन्तिम खेलमा जुन २७ मा जर्जियाले पोर्चुगलको सामना गर्ने छ भने चेक रिपब्लिकले सोहि दिन टर्कीको सामना गर्ने छ ।      

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार