सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । तेस्रो सुनाकोठी–२७ वडाअध्यक्ष कप फुटसल प्रतियोगिताको उपाधि वाईक्रसले जितेको छ । फुटसल प्रतियोगिताको आज शनिबार फाइनल खेल भएको हो । फाइनल खेल कोसिस र वाईक्रसबीच भएको थियो । प्रतियोगिताको तेस्रो स्थान भने लर्भर ब्याइज पुग्न सफल भएको छ । अघिल्लो शनिबारदेखि सुरु भएको वडाअध्यक्ष कप फुटसल प्रतियोगितामा ७ वटा टिमले भाग लिएका थिए । प्रतियोगितामा प्रथम भएको टिमलाई ४० हजार नगदसहित शिल्ड, द्धितीय हुने टिमलाई २० हजार नगदसहित शिल्ड तथा तृतीय हुने टिमले १० हजार नगदसहित शिल्ड जितेको छ ।
वडाअध्यक्ष कृष्णहरि मजर्हनले उद्घाटन गरेको उक्त फुटसल प्रतियोगिता पनि वडाअध्यक्ष मजर्हनकै प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई वडाअध्यक्ष महर्जनले नगद पुरस्कार तथा शिल्ड प्रदान गरेका थिए । समापन समारोहका प्रमुख अतिथि वडाअध्यक्ष कृष्णहरि महर्जनले मानिस स्वास्थ्य हुन खेल क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै वडा कार्यालयले पनि खेल क्षेत्रलाई वर्षेनी बजेट विनियोजना गर्ने गरेको जानकारी दिनुभयो ।