टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै

शनिबार, असार ८, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छ । आज सुपर आठको समुह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदखि शुरु हुदै छ । सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी-२० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुदै छन् ।  त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ । सुपर आठमा भारतले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले भने पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको छ । भारतले यो खेलमा जित हासिल गरेमा सेमिफाइनलको सम्भावना लगभग निश्चित हुने छ भने बंगलादेशल यो खेलमा हार बेहोरेमा सेमिफाइनलको सम्भावना कठिन हुने छ । बंगलादेश र भारतबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा भारतले १२ खेल जितेको छ भने बंगलादेशले एक खेल जितेको छ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार