सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो । यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै १६३ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो । त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ । अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ ।