इंग्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य 

बिहीबार, असार ६, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । टी–२० विश्वकपमा सुपर–८ अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।  सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो । वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै,  ३२ बल खेलेका निकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले समान ३६–३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेका ब्रेन्डन किङ रिटायर्ड हर्ट भए । शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए । अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान  एक–एक विकेट आफ्नो नाममा गरे  ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार