सोसल मिडिया
Contact Us
युनिकोड
रुपन्देही । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएपछि बुटवल उपमहानगरपालिका –१३ तारा टोलकी धनिकली बिकको मुहार उज्यालो भएको छ । आथिक अवस्था कमजोर हुँदा घर खर्च चलाउन गाह्रो भएका बेला सरकारले बढाएको रु एक हजारले पनि बिकलाई ठूलो राहात महशुस भएको छ । भत्ता बढ्यो भनेर छिमेकी दाईले सुनाउँदा खुशीले मेरा त आँखाबाट आँशु नै आए, आम्दानी नहुँदा घर खर्च चलाउन धौधौ भएका बेला सरकारले पैसा बढाइदिएर ठूलो गुन लगाएको छ’, खुशी साट्दै बिकले भने । बिहान बेलुका छाक टार्न समस्या हुने भएकाले कहिले महिना बित्छ र भत्ता पाइन्छ भनेर दिन गनेर बस्ने गरेको उनले सुनाए । ‘यहीँ वृद्ध भत्ताले मेरो घरको चुल्हो जल्छ । भत्ता बुझेर दिन्छु भनेपछि छिमेकीले पनि क्रण पत्याउँछन् । भत्ताले ठूलो काम गरेको छ’, बिक भन्छन्, ‘धन्यवाद हाम्रा नेता अर्थमन्त्री पौडेललाई, हाम्रो आशिश लाग्ने छ ।’ सरकारले वृद्धभत्ता बढाएपछि बुटवल –११ नहरपुरकी पबि कुँवर पनि खुशी छन् । ‘अब त महिनामा चार हजार बुझ्न पाइने भयो । यती भए आफ्नो खर्च मजाले चल्छ’, उनी भन्छन् ‘धन्यवाद छ सरकारलाई ।’ बजेट सुन्दै गर्दा छोराले वृद्ध भत्ता बढ्यो भनेर सुनाउँदा आफु छक्क परेको उनले सुनाए । मासिक भत्ता बढेपछि बुटवल १३ हरीयाली पथ निवासी ७८ वर्षका प्रेम नारायण पौडेललाई पनि खुशी लागेको छ । ‘हुने खाने परिवारका लागि यो ठूलो नलाग्ला तर यसले वुद्धवुद्धालाई ठूलो राहत मिलेको छ’, पोखरेल भन्छन् । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएको घोषणा गरेका थिए । अब ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बापत मासिक चार हजार पाउनेछन् । सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१÷५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति शुरु गरेका थिए ।