सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन् । आज सुपर आठको समूह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुँदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुँदै छ । वेस्ट इन्डिजले समूह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने ईङल्याण्डले भने ४ खेलमा दुई जित एक हार एक खेल बर्षाले रद्ध भएपछि अंक बाँडेर सुपर आठमा आएको हो । सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ । सुपर आठको यस समूहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन् । वेस्ट इन्डिज र ईङल्याण्ड अहिलेसम्म टी-२० खेलमा २९ पटक आमने सामने भएका छन् । जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने ईङल्याण्डले १२ पटक जितेको छ । त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ । त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह एक अन्तर्गत भारत र अफगानिस्तानबीच खेल हुँदै छ । बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुँदै छ । भारत समूह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्ध भएपछि समूह ए मा शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समूह सी मा दोस्रो हुँदै सुपर आठमा पुगेको हो । अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन । अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन् । जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्ध भएको थियो । दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ । यस समूहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।