नेपाललाई बंगलादेशको मध्यम लक्ष्य, जितका लागि १ सय ७ रन आवश्यक

सोमबार, असार ३, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई टेस्ट राष्ट्र बंगलादेशले १ सय ७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ ।
दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ रहेको छ । र नेपालले सुरुवात देखि नै बंगलादेशलाई दबाबमा राखेको थियो । इनिङको पहिलो बलमा नै सोमपाल कामीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए । तान्जिद हसनको ब्याटमा एज लागेर सोमपालले नै क्याच गरेका थिए ।
दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरमा नाजमुल होसेन शान्टोको रूपमा लिए । शान्टो ४ रन बनाएर दीपेन्द्रद्वारा बोल्ड आउट भएका थिए ।
बंगलादेशका लागि केही आशलाग्दो सुरुवाती गरेका लिटन दास पाँचौं ओभरमा पेभेलियन फर्किए । १२ बलमा १० रन बनाएर उनी सोमपालको बलमा विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए ।
अर्को ओभरमा बलिङ गर्न आएका कप्तान रोहित पौडेलले पनि नेपालमा लागि सफलता दिलाए । ठूलो शट प्रहार गर्ने क्रममा टोहिद हृदोय ९ रन बनाएर सन्दिप लामिछानेको हातबाट समातिए ।
पाँचै विकेटका लागि शाकिब अल हसन र महमदुल्लाहले साझेदारी तोडिनु अघि २२ रनको साझेदारी गरे । महमदुल्लाह नवौं ओभरको अन्तिम बलमा १३ बलमा १३ रन बनाएर रनआउट भएका थिए ।
१२औं ओभरको चौथो बलमा शाकिब पनि पेभेलियन फर्किए । २२ बलमा १७ रन बनाएका उनलाई रोहित पौडेलले लेग बिफोर विकेटमा फसाएका थिए ।
१४औं ओभरमा सन्दिपको नाममा पहिलो विकेट रह्यो । तान्जिम हसन सकिबलाई उनले सुन्दर बल गर्दै बोल्ड गराए । १५औं ओभरमा सन्दिपले व्यक्तिगत दोस्रो विकेट लिए । २६ बलमा १२ रन बनाएका जाकेर अली पनि उनको बलमा बोल्ड भए । यो विकेट सन्दिपको १००औं टि-२०आई विकेट रहेको थियो ।
नवौं सफलता दीपेन्द्रले दिलाए । केही आक्रामक रहेका रिशाद होसेन ७ बलमा १३ रन बनाएर अनिल साहद्वारा लङ(अफमा क्याच आउट भएका थिए ।
अन्तिम विकेट अन्तिम ओभरमा नै रनआउटको रूपमा खस्यो । रोहित र दीपेन्द्रको साझेदारीमा मुस्तफिजुर रहमान ३ रन बनाएर रनआउट भएका थिए । बंगलादेशका तास्किन १५ बलमा १२ रन बनाएर अविजित रहे ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २(२ विकेट लिए ।
कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिए । सन्दिपले ४ ओभरको आफ्नो कोटा पुरा गर्दै १ मेडन सहित १७ रन दिए । यस्तै कुशल भुर्तेलले भने ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिएनन् । १९औं ओभरमा पहिलो ओभर बलिङ गरेका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार