नेपालले टस जित्यो, फिल्डिङ गर्ने

प्लेइङ-११ मा एक परिवर्तन
सोमबार, असार ३, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् । नेपालले एक परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलबाट सन्दीप जोराले आज खेल्ने मौका पाउँदा तीव्र गतिका बलर करण केसी बेन्चमा छन् । समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो । शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ । उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ । बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो । बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिका ४ खेलमा अपराजित रहँदै सुपर ८ मा पुगेको छ । नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ । सन् २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ ।  त्यस्तै नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा,

बेन्च – सागर ढकाल, कमलसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार