एकै ओभरमा ओपनर कुशल र कप्तान रोहित आउट भएपछि दबाबमा नेपाल

पारी समाल्दै अनिल शाह र आसिफ शेख
शनिबार, असार १, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि टि ट्वान्टी विश्व कपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले ८ ओभरको क्षेतिमा ३६ रन बनाएको छ । १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्ड भएका छन् । त्यसपछि क्रिजमा आएका कप्तान रोहित कुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भएका छन् । अर्का ओपनर आशिफ शाह १६ रनमा नटआउट छन् । त्यसअघि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी चम्केपछि नेपालले दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेको थियो । कुशलले ४ र दीपेन्द्रले ३ विकेट लिएका थिए । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ । अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।
दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार