पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा

शनिबार, असार १, २०८१

काठमाडौँ । पाकिस्तान जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । समूह ए बाट अमेरिका सुपर आठमा पुगेसँगै पाकिस्तान समूह चरणबाट नै बाहिरिएको हो । गएराती हुनुपर्ने अमेरिका र आयरल्याण्डबीचको खेल बर्षाले रद्ध भएपछि समूह ए मा अमेरिकाको ४ खेलमा ५ अंक भएसँगै सुपर आठमा पुगेको थियो । समूह ए बाट भारत यस अघिनै लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ । पाकिस्तानले शुरुका दुई खेलमा लगातार हार बेहोरेपछि सुपर आठको सम्भावना कठिन बनेको थियो । तेस्रो खेलमा क्यानडाविरुद्ध जित हासिल गरे पनि अब पाकिस्तानको विश्वकप यात्रा टुंगिएको छ । अब पाकिस्तानले आफ्नो अन्तिम खेल आयरल्याण्डविरुद्ध खेल्ने छ ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार