टी-२० विश्वकपमा आज चार खेल हुँदै

शनिबार, असार १, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज चार खेल हुँदै छन् । आज नेपालले विहान ५ ; १५ बजेदेखि नै दक्षिण अफ्रिकासँग खेलिरहेकाे छ । समूह डी अन्तर्गतको यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा भइरहेकाे छ । नेपालले याे खेलमा  दक्षिण अफ्रिकालाइ  ११५ रनमा राेकेकाे ५ ।  दक्षिण अफ्रिकाले यस विश्वकपमा लागातर तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ भने नेपालको २ खेलमा एक अंक रहेको छ । नेपाललाई सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको  छ । त्यस्तै आज दोस्रो खेल समूह सी अन्तर्गत न्यूजील्याण्ड र युगाण्डाबीच भइरहेकाे छ । ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा भइरहेकाे यो खेल नेपाली समय अनुसार बिहान ६ :१५ बजेदेखि शुरु भएकाे हाे । समूह सी बाट न्यूजील्याण्ड र युगाण्डा दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।

त्यस्तै आज तेस्रो खेल समूह ए अन्तर्गतको भारत र क्यानडावीच हुँदै छ । फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा समूह ए बाट भारत तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित सुपर आठमा पुगिसकेको छ । त्यस्तै क्यानडाले भने अहिलेसम्म ३ खेलमा एक जित हासिल गर्दै २ अंक हासिल गरेको छ । क्यानडाले आजको खेल जितेमा सुपर आठको दौडमा रहने छ ।

त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत इङल्याण्ड र नामिबियाबीच हुने छ । यस विश्वकपमा इङल्याण्डले अहिलेसम्म ३ खेलमा ३ अंक हासिल गरेको छ र सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ । इङल्याण्डले यो खेल जितेर हाल दोस्रो स्थानमा रहेको स्कटल्याण्ड अस्ट्रेलियासँग पराजित भएमा मात्र सुपर आठमा पुग्ने सम्भावना रहन्छ । त्यसपछि पनि रनरेटको हिसाब हुने छ । त्यस्तै नामिबिया भने अहिलेसम्म ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ र सुपर आठको दौडबाट बाहिरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार