सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । बलिङ जस्तै ब्याटिड पनि चल्यो भने आज खेल नेपालको पक्षमा जाने छ । तर नेपालले दुईवटा क्याच मिस गरेको क्षणले भने समर्थकलाई निशारा भने तुल्याएको थियो । कुशल भुर्तेलले १३.२ ओभरमा व्यक्तिगत दोस्रो विकेट लिएका छन् । दक्षिण अफ्रिका अहिले ५ विकेटको क्षेतिमा ९७ रनमा खेलि रहेको छ । कुशलको बलमा करण केसीले हेरिन्च क्लासेनको क्याच लिएका थिए । कुशल भुर्तेलले १२ औं ओभरको दोस्रो बलमा कप्तान एडियन मार्कक्रमलाई बोल्ड गराएपछि दक्षिण अफ्रिका ६८/२ मा थियो । दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा मध्यम सुरुवात गरेको छ । पहिलो सफलताका रुपमा दीपेन्द्रसिंह ऐरीले क्विन्टन डि ककको विकेट लिएका थिए । उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँँदै बाहिरिएका हुने । रिजा हेन्रिक्सले ३९ रनमा नटआउट छन् । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । प्लेइङ ११ मा समेटिएका सन्दीप लामिछानेले २ ओभरमा किफायती बलिङ गरेका छन् । उनले २ ओभरमा ४ रन खर्चेका छन् । सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ। दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ । अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।