दक्षिण अफ्रीकाविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए डि ककको विकेट

शनिबार, असार १, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । नेपाललाई दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा पहिलो सफलता मिलेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका छन् । उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँँदै बाहिरिएका छन् । ९‍‍‍.३ ओभरमा एक विकेटको क्षेतिमा दक्षिण अफ्रिकाले ५६ रन बनाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।
सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ। आइसीसी टी-२० विश्वकपको समुह डी अन्तर्गतको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्  । आजको खेलमा नेपालले सन्दीप लामिछानेलाई टिममा सामेल गरेको छ  । नेपालको प्लेइङ एघारमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन्  । समूह डी अन्तर्गत नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि नेपालले पहिलो खेल नेदरल्याण्डससँग हारेको थियो भने श्रीलंकाविरुद्धको खेल बर्षाले रद्द भएको थियो । त्यस्तै दक्षिण अफ्रिका भने लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।
   

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार