टी-२० विश्वकप

नेपाल र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान

शुक्रबार, जेठ ३२, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ । समूह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५: १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल्न लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुँदै छ । जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै नेपालले भने पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाले रद्ध हुँदा अंक बाँडेको थियो । नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल  सुपर आठमा पुग्न असफल हुने छ । दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् ।
       

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार