भारत टी-२० विश्वकपको सुपर आठमा

बिहीबार, जेठ ३१, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । भारतको जितमा सूर्यकुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए । यसअघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए । यो जितपछि समूह एबाट भारत ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ । त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ । अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार