सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो । समुह ए अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । यस समुहमा भारत र अमेरिकाले २-२ खेल जितेर ४-४ अंक हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन् । अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ ।