बाजुरा जुकोटमा पहिरो खस्दा गहुँ बाली बगायो, २० घर पहिराको उच्च जोखिममा

आइतबार, जेठ १६, २०७८

मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो लागेपछि गहुँ र जौ बगाएको हो ।  अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रूपमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे खोलादेखि वाईसम्मको सिंचाइ कुलोको पानीको वहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ ।  पहिराले पाकेको गहुँ बाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ ।  उक्त स्थानका करिब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुगेको स्थानीयवासीले दुखेसो गरेका छन् ।  यस्तै २० घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले बताउनुभयो ।  उहाँका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ,जौलगायत बाली नष्ट भइसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको छ । 

अवरुद्ध मध्पपहाडी राजमार्ग पुनःचालु 

यता  पर्वतमा लगातारको वर्षाका कारण अवरुद्ध  मध्यपहाडी राजमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । उक्त बाटो पुनःचालु भएको जनाइएको छ । कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नै बाटो बन्द भएको थियो ।  निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएपछि शनिबार अपराह्नदेखि मात्र चलाइएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार