सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । पोखरा पर्यटन परिषद्ले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’ सहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव ११ लाख रुपैयाँ बराबारको छ थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन, पाँचसय सेट पिपिइ, एकहजार पञ्जा र दशहजार मास्क ल्याइएको जानकारी दिए । उनले भने, ‘अहिलेको अवस्था निकै जटिल छ, मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका हांै ।’ परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिए । ती सामग्री आज मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने छ ।