श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

मंगलबार, जेठ २२, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ  । जारी आइसीसी क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले  १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।  यसअघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले १९.१ ओभरमा अल आउट हुँदै ७७ रन मात्र बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए । श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो । त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए । समूह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार