डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच (टी.भी) ग्राहकहरुका लागि विशेष ‘स्मार्टअफर’

सोमबार, जेठ २१, २०८१

काठमाडौं । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्नका लागि  डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्टअफर’ सार्वजनिक गरेको छ । जसले इन्टरनेट र डिटीएच (टी.भी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्दैछ ।

‘स्मार्ट अफर’ का बिशेषताहरु  

ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्ने छन् । 
रु.३३५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्स  यो अफरमा भने ग्राहकहरुले मात्र रु. १६४९ मा पाउन सक्ने छन् । त्यस्तै ९९९९ पर्ने फायर–बोल्ट ग्लेडिएटर स्मार्ट वाच यो अफरमा मात्र रु. २९९९ मा लिन सक्नेछन् । 
डिजिटल होम इन्टरनेशनल (DHi) बाट सानादेखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सक्ने व्यवस्था पनि गरिएको छ । 

यो गज्जबको अफरहरू कसरी प्राप्त गर्ने ?

एअर बड्स र स्मार्ट वाच लिनका लागि न्यूनतम ६–महिना प्याकेजका साथ नयाँ डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सन जडान गरेको हुनुपर्नेछ । अथवा आफूले चलाई रहेको डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सको प्याकेज कम्तीमा ६ महिनाको लागि रिचार्ज गर्नुपर्नेछ । 
होम अपलायनसेसमा भारी छुट लिनका लागि भने ग्राहक वर्गले १२ महिनाको ईन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेदेखि सबै डिएचआई प्रोडक्टहरुमा १८ प्रतिशत छुटपाउन सक्ने छन् । त्यसतै २४ महिने ईन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउनेछन् । 
यो विशेष अफरले डिशहोमका ग्राहकहरुका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड मात्र नगरी अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्नेछ । सीमित–समयको यो अफरको फाइदा लिन ग्राहकहरूलाई आफ्नो फाइदा अधिकतम बनाउन डिसहोमले प्रोत्साहित गरेको छ । 
स्मार्ट अफरका बारेमा थप सहयोग वा सोधपुछका लागि, ग्राहकहरूले डिशहोम फाईबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सक्नेछन् । आफू नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ संपर्क गरेर पनि यो सेवाका बारेमा जानकारी लिन सकिने डिसहोमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार