सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३७ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्ट इण्डिजको जितमा रोष्टन चेजले अविजित ४२ रन बनाए का थिए भने ब्राण्डन किङले ३४ र निकोलस पुरनले २७ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । पीएनजीका लागि सेसे बाउले सर्बाधिक ५० रन बनाएका थिए भने किप्लिन डोरिगाले २७ र कप्तान असाद भालाले २१ रन बनाएका थिए । योसँगै समुह बी मा रहेको वेस्ट इन्डिजले महत्वपूर्ण २ अंक जोडेको छ । अब वेस्ट इन्डिजले अर्को खेल जुन ९ मा युगाण्डासँग खेल्ने तालिका छ भने त्यसअघि पीएनजीले जुन ६ मा युगान्डासँग नै खेल्ने तालिका छन् ।