आइसीसी टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

आइतबार, जेठ २०, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो । क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए । उनले पाँच चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए । उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए ।

नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए । यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो । तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए । 
उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे । १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो । निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरे ।  अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए । तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो । क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो ।


क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए । यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउटआउट पारि खेले । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार