सन्दीप भन्छन्, 'मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु'

सोमबार, जेठ १४, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन् । सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै  लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् । उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’ बलात्कार मुद्धामा पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी-२० विश्वकप खेल्न जान बहने अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन् । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार