आइपिएलमा कुन कुन खेलाडीले के के अवार्ड पाए ?

सोमबार, जेठ १४, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाएको छ । गएराती सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो ।  कोलकोताले उपाधि जितेकोमा २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता सनराइजर्सले १२ करोड ५० लाख भारु नगद पुरस्कार पाएको छ ।  त्यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड ५० लाख भारु नगद पाएको छ ।फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । सुनिल नारायणले सर्वाधिक २ अवार्ड पाए । त्यस्तै यस आइपिएलमा सर्बाधिक ७४१ रन बनाएका बैंगलुरुबाट खेलेका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन् । त्यस्तै यस सिजनमा सर्बाधिक २४ विकेट लिएका पञ्जावबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए । त्यस्तै प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकोताबाट खेलेका सुनिल नारन प्लेयर अफ द टुर्नामेन्ट बने । त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका  छन् । उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेट समेत लियका थिए । त्यस्तै यस सिजनमा सनराइजर्सका अभिषेक शर्माले सर्बाधिक ४२ छक्का प्रहार गरेका थिए भने सनराइजर्सकै ट्राभिस हेडले सर्बाधिक ६४ चौका प्रहार गरेका थिए । त्यसैगरी कोलकोताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो । उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए । त्यसैगरी यस सिजनमा अल्टिमेट फेन्टासी प्लेयर सुनिल नारन बने भने उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो । उनले २३४.०४ को स्ट्राइकरेटले ९ खेलमा ३३० रन बनाएका थिए । सबै व्यक्तिगत अवार्ड विजेतालाई १०-१० लाख भारु नगद पुरस्कार दिइएको थियो ।
  
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार