धापाखेलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

सोमबार, जेठ १४, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलमा अस्ति शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडा स्वास्थ्य कार्यान्वयन समिति ललितपुर मनपा २४ को आयोजना तथा नेपाल रेडक्र सोसाइटी धापाखेल उपशाखाको सह–आयोजनामा सम्पन्न उक्त शिविरमा स्वतस्फूर्त रुपमा रक्तदाताले रक्तदान गरेका थिए । बिरामीहरूलाई रगतको अभाव हुन नदिन सामाजिक सेवा भावले समय समयमा रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । ‘रक्तदान, जीवन दानमा सहभागी बनौं पुन्य कमाऔं’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । 

976e36ac-54a1-4950-9a82-811bc75ff0c1-1716780897.jpg
eb60263d-b0a2-46fa-8f57-55d563ecec39-1716780894.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार