आइपिएलको प्लेअफको समीकरण पूरा

सोमबार, जेठ ७, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पूरा भएको छ । समूह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पूरा भएको हो ।  शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल बर्षाले रद्ध भएको थियो । आइपिएलको यस सिजनमा कोलकोता २० अंकसहित शिर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ  । अब पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने छ । यो खेल अहमदावादमा आगामी मंगलबार हुने छ । त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ । अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन्  । इलिमिनेट खेल मे २२ बुधबार अहमदावादमै हुने छ । पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ  । दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुने छ  । त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार) मा चेन्नईमा हुने छ  ।
  

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार