गणतन्त्र दिवसका अवसरमा चार सय ३० को कैद मिनाहा

शुक्रबार, जेठ १४, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी छन् । १४ औँ गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिशमा उनले कैद मिनाह गरेकी हुन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वाेच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा  उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार