क्रिकेट रंगशाला सरकारको उच्च प्राथमिकतामा 

मंगलबार, जेठ १, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीनै तहको सरकारको साझेदारीमा निर्माण गर्ने जनाएको छ ।  मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत खेल क्षेत्र विकासको लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।  क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्ने समेत उनले उल्लेख गरे ।  उनले भने, ‘काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माण कार्यलाई तिव्रता दिइने  छ ।’ ‘चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने छ । कीर्तिपुर क्रिकेट मैदानको थप स्तरोन्नतिको कार्य प्राथमिकता साथ अगाडि बढाइने छ,’ पौडेलले भने । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार