बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

बुधबार, वैशाख १२, २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै राति १२ बजेदेखि लागू हुने गरी प्रदेशको हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् ।  प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउन अन्त्यको सिफारिस गरेको प्रवक्ता गंगानारायण श्रेष्ठले बताएका थिए । फागुन १५ बाट शुरु भएको हिउँदे अधिवेसनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो । सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार