लुम्बिनी सरकारबाट बाहिरियो जसपा

सोमबार, वैशाख १०, २०८१

बुटवल । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ ।  जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छन् ।  गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन् । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिदा ४८ मत पाएका थिए । जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार