लापसे चेकिङमा पाँच चालक नियन्त्रणमा

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ ।  काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  कर्णाली प्रदेश ०२-००१ ख ०४ ४४ नम्बरका बस चालक सुर्खेतको भेरीगंगा नगरपालिका ९ का ३० वर्षीय अविरल प्रेम वि.क, बागमती प्रदेश ०१-००६ ख ६३ ४९ नम्बरका माइक्रो चालक तनहुँको आँबुखैरेनी गाउँपालिका ६ का २२ वर्षीय इन्द्र बहादुर गुरुङ, बा ३ ख ८१ ६३ नम्बरका माइक्रो चालक चितवन भरतपुर महानगरपालिका ८ का ३३ वर्षीय धुर्व बस्याल, बा २ ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गंगा जमुना गाउँपालिका ६ का २४ वर्षीय रमेश वि.क. र बागमती प्रदेश ०१-०२९ च २८ १३ नम्बरका माइक्रो चालक तनहुँको म्याग्दे गाउँपालिका १ का २२ वर्षीय सलन सुनारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गरिदिन अनुरोध गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार