कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

बिहीबार, वैशाख ६, २०८१

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले रमाओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेसनमा विहिबार संकल्प प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस भएको हो । संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने प्रस्ताव रहेको छ ।  संकल्प प्रस्तावमा 'चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्' भन्ने उल्लेख छ । 'बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्' भन्नेसमेत सो प्रस्तावमा उल्लेख छ ।  कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार ११ बजे बस्ने भएको छ ।

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई आग्रह
 कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ । प्रदेशसभाको विशेष अधिवेशनको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकोले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । उनले अहिले संकल्प प्रस्तावमा  छालफल गर्दै गर्दा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए । उनले सर्वोच्च अदालतले गरेको व्याख्यामा सरकार बन्ने विकल्प बाँकी रहेसम्म नयाँ सरकार गठन हुन सक्ने दाबी गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिन पाउने र फिर्ता लिएपछि मुख्यमन्त्रीले अनिवार्य विश्वासको मत लिनुपर्ने जिकिर गरेका थिए । 

आजको बैठकमा भण्डारी प्रस्तावक रहेको र माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस भएको छ । संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने प्रस्ताव रहेको छ ।  संकल्प प्रस्तावमा 'चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्' भन्ने उल्लेख छ । 'बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्' भन्नेसमेत सो प्रस्तावमा उल्लेख छ ।  कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार ११ बजे बस्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार