सशस्त्र प्रहरी रौतहटले बर्ष दिनमा२ करोड ८० लाख बढीको सामान बरामद

७८ सवारी साधन पनि नियन्त्रण
बुधबार, वैशाख ५, २०८१

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीले १ वर्षको अवधिमा दुईकरोड बढीको अवैध सामान,२४ जना मानिस सहित ७८ वटा सवारी साधन बरामद गरेको छ । तस्करीको माध्यम बाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको बिभिन्न प्रकारको भारतीय अबैध सामान बरामद गरेको हो । गत साउन १ गते देखी चैत्र मसान्तसम्म जम्मा भारत बाट बिभिन्न नाका हुँदै भित्र्याइएको दुई करोड ८० लाख ४३ हजार ५६४ रुपैया बराबरको अबैध सामान बरामद गरीएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन । गत चैत मात्र १ महिनाको अवधिमा मात्रै ३६ लाख ४५ हजार ९८४ रुपैया बराबरको अबैध सामान बरामद गरेको थियो। बरामद सम्पूर्ण सामान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एस्पी हुमागाईंले जानकारी दिएका छन । अबैध सामान ओसारपसारमा संलग्न १३ जना, लागू औषध कारोबारमा संलग्न २ जना, हात हतियार सहित पक्राउ परेका ३ जना र बन पैदावर ओसारपसारमा संलग्न ६ जना गरी जम्मा २४ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाईएको एस्पी हुमागाईले बताएका छन । त्यसैगरी तस्करी लगायत बिभिन्न अवैध कारोबारमा बरामद भएको बस १ वटा, पिकअप र बलेरो ३ वटा, अटो १ वटा, ईलेक्ट्रिक लोडर, १ वटा, मोटरसाईकल ४२ वटा, ट्‍याक्टर १७ वटा, साईकल ११ वटा, गाडा २ वटासहित बिभिन्न किसिमका ७८ वटा सवारी साधन भन्सार कार्यालयमा,राजश्व कार्यालय, बन कार्यालय, नगरपालिकाको कार्यालय लगायत सम्बन्धित कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ । गत आर्थिक बर्षमा भारत बाट चोरीलुकी तस्करहरुले भित्र्याएको कुल पाँच लाख ३५ हजार ५८० रुपैया बराबरको १६ क्विन्टल ६१ किलो प्रतिबंधित अबैध कुखुरा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरीले जारिगरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै सशस्त्र प्रहरी बल, नेपालको परिचालनबाट  २०८० मंसिर ३ गते यमुनामाई–३ मल्हिनिया टोलमा शेख बैतुल्लाहको कच्ची घरबाट पेस्तोल ३, सोमा प्रयोग हुने म्यागजिन ६ थान ,७.६५ एमएमको १३ राउण्ड गोली, एयर गन १ नाल गरी जम्मा ४ नाल हतियार बरामद गरेको थियो । त्यस्तै गत चैत २ गते  परोहा नगरपालिका ९  घिउरा गाँउमा मनि ट्रान्सफर्मरमा गोली फायर गरी फरार ३ जना भारतीय नागरिकहरुको साथबाट २ थान पेस्तोल र ५ राउण्ड गोली, सहित भारतीय नम्बरको एउता मोटरसाईकल बरामद गरेको थियो । सोही अवधिमा भारतीय समकक्षी एसएसबिसँग मिलेर सशस्त्र प्रहरीले १२५ पटक संयुक्त बोर्डर गस्ती गरेको थियो । प्रादेशिक अस्पताल गौर लगायत जिल्लाको बिभिन्न अस्पतालमा उपचारको क्रममा बिरामीलाई रगत अभाव हुँदा सशस्त्र प्रहरीले गत साउन देखी चैत्र मसान्त सम्म ५१ पटक रक्तदान गरेको छ । परोहा ९ खाप स्थित रहेको शिबम मनिट्रान्फरका संचालक बर्ष २५ का नितेश साहलाई गोली हानी भाग्दै गरेको अबस्थामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट रामपुरखापबाट खटिएको चेकप्वाईन्ट टोलीले ३ जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएको थियो । घटनास्थलमा  सशस्त्र प्रहरी ११ गण हेड क्ववाटर गौरका प्रमुख एसपी बिक्रम हुमागाँई र जिल्ला प्रहरी कार्यालय गौरबाट तत्कालीन एसपी महेन्द्र कुमार श्रेष्ठको संयुक्त टोली सर्च गर्ने क्रममा १ नाल कटुवा पेस्तोल, १ नाल अटोमेटिक पेस्तोल र ६ राउण्ड गोली सहित तीनजना भारतीय अपराधीलाई पक्राउ गरेको थियो । त्यस्तै, ईशनाथ नगरपालिका ७ ठुलो घिउरा गाउँमा सरस्वतीको मुर्ती विसर्जनको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका हजारौँ जना स्थानीयहरु बीच झडप हुँदा सशस्त्र प्रहरी बल, नेपालको ३५० जना र नेपाल प्रहरीको ४५० जनाको टोली परिचालन भई स्थितिलाई नियन्त्रणमा लिई ठूलो धनजनको क्षति हुन नदिएको सूचनामा उल्लेख गरिएको छ ।  आर्थीक बर्ष २०८०÷०८१ मा रौतहट स्थित विपद्‍ व्यवस्थापन सम्बन्धी कक्षा–४०, लागूऔषध सम्बन्धी कक्षा–४५ र सीमा सम्बन्धी १९ वटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ५२ वटा आगलागीको घटनामा ३४० जना, १५ डुबानको घटनामा ३४१ जना, २५ सवारी दुर्घटनामा ३६७ जनालगायत १५३ वटा बिभिन्न घटनामा १४ सय २० जनशक्ति परिचालन गरिएको एस्पी हुमागाईंले जानकारी दिएका छन ।  सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत गत फागुन २६ गते परोहा–५ लौकाहामा संचालन भएको निः शुल्क स्वास्थ्य शिविरबाट १४०२ जना स्थानीयहरु लाभान्वित भएका थिए । “सीमावासीसंग सशस्त्र प्रहरी” कार्यक्रम क्यूआईपी प्रोजेक्ट अन्तर्गत गत माघ २९ गते गौर– १ स्थित दलित बस्तीमा निर्मित “सामुदायीक खानेपानीको धारा”बाट स्थानीय ४०० जना लाभान्वित भएका छन् ।

 

गत आर्थीक बर्षमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा लामो दुरीको गस्ती एलआरपी २० वटामा ३०० जनशक्ति परिचालित, सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सीमामा २४र७ सीमा गस्ती संचालन गरिएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार