मधेस प्रदेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत प्राप्त गरे

बुधबार, वैशाख ५, २०८१

जनकपुरधाम ।  मधेश प्रदेशका  मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् । सदनमा विपक्षीदलले सदनमा वहिस्कार गरेका कारण विपक्षमा भने शून्य मत परेको छ । मतदानमा प्रदेशसभाका ६१ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए । मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्री माथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।

मधेश प्रदेशसभाका माइक तोडफोड 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयासका क्रमममा प्रदेश सभामा झडपको स्थिति उत्पन्न भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन प्रक्रिया पर धकलिएको थियो । जनमत पार्टीका सांसदहरुले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राख्दै अवरोध गरेका थिए । त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ । दोहोरो झडपको अवस्था आएपछि सभामुखले मंगलबारको प्रदेश सभा बैठक दोस्रो पटक पनि १० मिनेटका लागि स्थगित गरेका थिए । यसअघि संसद अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक  करिब ५ घण्टापछि सञ्चालनमा आएको थियो । 

Madhes-Jhadap--1713308167.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार