लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिँदै

मंगलबार, वैशाख ४, २०८१

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन हुदै छन् । छ विषयगत समिति र एक विषेशाधिकार समिति गरी सात  समितिमा एकल उम्मेदवारी परेपछि सभापति सर्वसम्मत चयन हुने भएका हुन् ।

लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्वका विषयमा दलहरुबीच यसअघि नै सहमति भएको थियो । जस अनुसार एमालेले विशेष अधिकारसहित ३ समिति, नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले २ समितिको नेतृत्व गर्ने सहमति भएको थियो ।

जस अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा (माओवादी केन्द्र) , सामाजिक विकास समितिमा यमबहादुर नेपाली (माओवादी केन्द्र), कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक (काँग्रेस) , सार्वजनिक लेखा समितिमा माया पुन (कांग्रेस) , भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे (एमाले), अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ (एमाले) र विशेष अधिकार समितीमा गिरीधारीलाल न्यौपाने (एमाले) को एकल उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार