सोसल मिडिया
Contact Us
युनिकोड
सोलुखुम्बु । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुगेका छन् । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड उहाँ सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेका कम्पनीले जनाएको छ । सोही कम्पनीमार्फत सगरमाथा आरोहणमा गएका लाक्पा दावा शेर्पाका अनुसार उक्त टोली आज बिहान साढे चार बजे शिखरमा पुग्न सफल भएको हो । अमेरिकी डोन र एरिक तथा बेलायती ज्याकसहित उनीहरुका चार सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरामा पुगेर फर्केको आधार शिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिए। उनीहरु अब तीन दिनमा आधार शिविर आइपुगेर काठमाडौँ फर्कने बताइएको छ । आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेको तथा आज साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोही मात्र शिखर पुगेको भए पनि यकिन विवरण भन्न नसकिने उनको भनाइ छ । जोखिम न्यूनीकरणका लागि एकार्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको हो । यस्तै सयौँ आरोही अनुकूल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइए पनि केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुन सक्ने भएकाले सोही समयको पर्खाइमा आरोही रहेको बताइएको छ ।