कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

बुधबार, चैत २८, २०८०

काठमाडौँ । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार