फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

मंगलबार, चैत २७, २०८०

बर्दिबास । युरोपिएन युनियनका राजदूत भेरोनिक लोरेन्जोले बातावरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छ्न् । मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबालासंगको छलफलमा राजदूत लोरेन्जोले यस्तो बताएकी हुन ।  उनले बाताबरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको जोड दिँदै यसलाई राजनीतिक रुपमा स्थानीय प्राथमिकताको बिषय बनाउनु पर्नेमा जोड दिइन ।  उनले भनिन, 'वातावरणलाई राजनीतिक रुपमा पनि प्राथमिक दिनु पर्छ । वातावरणलाई चक्रीय अर्थतन्त्रसंग जोडन सके यसले पर्यावरण संरक्षण संगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।' त्यस्तै, नेपालका लागि जर्मन राजदूत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरि रहेको जिज्ञासा राखेका थिए । बर्दिबास नगरपालिकाको उपमेयर तारादेबी महतोले नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसँग सहकार्य गरेर अगाडी बढी रहेको बताइन् । उनले अहिले पनि फोहोरमैला क्षेत्रमा काम भैरहेको जानकारी गराउँदै अझै नीतिगत स्पष्टतासहित दीर्घकालीन ब्यबस्थापनमा जोड दिइन । स्वेडन (दिल्ली)  मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला ब्यबस्थापन बिश्वब्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुन सके समाधान गर्न कठिन नहुने बताए । त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, युरोपिएन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ ।  छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार बिधालयका प्राधानाध्यापक सहित बिधार्थीहरुको सहभागिता रहेको थियो । उक्त बिधालयमा ञक्लाइमेट स्मार्ट स्कुलझ परियोजना सुचारु हुनेछ । जसमा बिद्यार्थीहरुले प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापनको बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार