नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त

मंगलबार, चैत २७, २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको छ ।  सूचनामा प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखले निर्देशन भएको उल्लेख गरिएको छ । समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत हुन् । आफ्नो निर्देशन पालाना नगरेको भन्दै अध्यक्ष रञ्जिताले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार