दुई कोरियाबिच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

सोमबार, चैत २६, २०८०

एजेन्सी । उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको  छ ।
उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो ।
उत्तर कोरिया र दक्षिण कोरियाबीच बढ्दो तनावका बीच दुवै देशले आफ्ना भू–उपग्रहहरूले एकअर्कामाथि नजर राख्ने र मिसाइल आक्रमण गर्ने क्षमता बढाउने बताएका छन् ।
दक्षिण कोरियाको दोस्रो जासुसी उपग्रह फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आइतबार स्थानीय समय अनुसार राति ७ः१६ को समयमा प्रक्षेपण गरिएको हो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उक्त स्याटेलाइटलाई रकेटबाट सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ ।
‘स्पेसएक्स’सँगको सम्झौताअनुसार दक्षिण कोरियाले सन् २०२५ सम्ममा ५ वटा जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । दक्षिण कोरियाको पहिलो जासुसी उपग्रह गत वर्ष प्रक्षेपण गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार