‘राष्ट्रिय गोरवका आयोजनामा ठूला र साना दुवै खुट्टाले हिड्ने विधि अपरिहार्य’

आइतबार, चैत २५, २०८०

काठमाडौं । ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सिँचाई दिवस तथा ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गौरवका आयोजनामा ठूला आयोजनामा जानै पर्ने भएता पनि ठूला र साना दुबै खुट्टाले हिँड्ने विधि अपरिहार्य रहेको बताएका हुन् । 
उनले भने, ‘हामी राष्ट्रिय गौरवका आयोजनामा ठिकै हो । ठूला आयोजनामा हामी जानै पर्छ । ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य छ । हामी आर्थिक विकास र सामाजिक न्यायको कुरा गरिराखेका छौं । आयोजनाका कार्यक्रममा यसको प्रतिफल कसरी हुने हो । त्यसमा विचार गर्नुपर्ने छ ।’


व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो । 
धेरै नीति र कानुनले पनि सदुपयोग र समन्वयमा अप्ठ्याराको आउने उल्लेख गर्दै उनले पहिला व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको बताए ।
‘जलश्रोत नीति चाहिने हो पहिले । जलश्रोत कानुनको व्यवस्था छ भने पहिला कानुन बनाउनुपर्ने हो । हामी त्यतातिर नभइ खानेपानीको कानुन बनेको छन् । सिँचाईको कानुनको कुरा त्यतातिर मात्र ध्यान छ । हामी आफैले हाम्रो आफ्नो क्षमतालाई र उपलब्धिलाई मारिराखेका छौं ।’उनले भने, ‘ कतिवटा नीति कानुन बनाउने हो भन्नेमा पनि समयको सदुपयोगको दृष्टिकोणले र भोली समन्वयमा आउने अप्ठ्याराको दृष्टिले हेर्दा यो बढि विचारणीय कुरा छ । यसको लागि व्यवस्थित र प्रभावकारी जलश्रोत नीति चाहिएको छ । जलश्रोत कानुन एकदमै व्यवस्थित र प्रभावकारी चाहिएको छ । त्यसको मार्गदर्शनमा कतिवटा चाहिने हो त्यसपछि मात्र बनाउनुपर्छ ।’

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार