मधेश प्रदेशमा धार्मिक द्वन्द रोकथाम गर्न प्रहरी अझ संवेदनशील हुन् आवश्यक : अध्यक्ष डा.दत्त

शुक्रबार, चैत २३, २०८०

काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशमा दिन प्रति दिन बढ्दो धार्मिक द्वन्द रोक्न प्रहरी अझै संवेदनशील हुन् आवश्यक रहेको बताएका छन् ।  जनकपुरमा गत बुधबार मधेशी आयोगका अध्यक्ष डा.दत्त र मधेश प्रदेश प्रहरीका प्रमूख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलबीचको छलफलका क्रममा अध्यक्ष डा.दत्तले मधेश प्रदेशमा विगत केही महिनादेखि धार्मिक सहिष्णुतामा ठेस पु¥र्याउने कार्यहरु भएको प्रति आयोग गम्भीर भएको बताए । समग्र प्रदेशको अवस्था बारे जानकारी लिदै  अध्यक्ष डा।दत्तले सामाजिक सदभावमा खलल पु¥याउने घटनाप्रति प्रहरी–प्रशासन सचेत र सतर्क नभएसम्म यस्ता घटना बारम्बार दोहोरिने समेत बताएका छन् । अध्यक्ष डा.दत्तले आयोगमा मधेश प्रदेश बाट कैयों घरेलु हिँसा तथा महिला हिँसाका उजुरी प्राप्त भएको बताउदै यस्ता घटनाहरुमा प्रहरीले तुरुन्त एक्सन लिनुपर्ने समेत ध्यानाकर्षण गराएका छन् ।  सिमा–नाकामा हुने लागूपदार्थ ओसारपोसार, मानव तस्करी जस्ता घटनाहरुको रोकथामको लागि आवश्यक रणनीति बनाएर अगाडी बढ्न समेत अध्यक्ष डा।दत्तले प्रहरीलाई सचेत गराएका छन् ।  भेटघाटमा प्रहरी नायव महानिरीक्षक पोखरेलले मधेश प्रदेशको समग्र वस्तुस्थिति बारे अध्यक्ष डा।दत्तलाई जानकारी गराएका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार