ललितपुर महानगर २४ नं. वडा भित्र क्रियाशील महिला समूहका सदस्यलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना

बुधबार, चैत २१, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा भित्र क्रियाशील महिला समूहका सदस्यहरूलाई  मानसिक स्वास्थ्यसम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ । वडा कार्यालयको समन्वयमा ‘पैरवीका लागि महिला नेतृत्व परिचालन तथा मानसिक स्वास्थ्य’ नाम दिएर नेपाल महिला विश्वासी संघले अन्तरसम्वाद तथा प्रशिक्षण दिएको हो ।  विश्वासी संघले मानिसले उसको क्षतामालाई महसुस गर्न, जीवनको सामान्य तनावसँग सामाना गर्न, उत्पादनशील, फलदायी काममा सहभागी भइ समुदायमा केही योगदान दिनेलगायतका विषयमा छलफल गराएको थियो ।

WhatsApp-Image-2024-04-02-at-4.43.39-PM-1712107445.jpeg
शारीरिक स्वास्थ्यलाई जस्तै मानसिक स्वास्थ्यलाई पनि महत्व दिनुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रमका सहभागीलाई अवगत गराइएको थियो ।   नेपाल महिला विश्वासी संघले महिला प्रजनन् स्वास्थ्य, घरेलु हिंसा, पैरवी, मानसिक स्वास्थ्य परामर्श, तनाव व्यवस्थापन, आत्महत्या, महिला नेतृत्व विकास, लैङिगक समानता जस्ता विषयमा महिलालाई प्रशिक्षण दिँदै आएको संघकी कार्यक्रम संयोजक ज्योति रञ्जितले जानकारी दिइन् । ‘पैरवीका लागि महिला नेतृत्व परिचालन तथा मानसिक स्वास्थ्य’ एक दिन अन्तरक्रिया कार्यक्रममा वडा भित्र क्रियाशील महिला समूह प्रत्येकबाट २ जनाका दरले सहभागी भएका थिए । गत मंसिर महिनामा नख्खुमा आयोजित ५ दिने कार्यक्रम प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएकी सरिता लोहारले मानसिक स्वास्थ्यका बारेमा अन्तरक्रियासहित प्रशिक्षण दिएकी थिइन् ।

WhatsApp-Image-2024-04-02-at-4.43.38-PM-(1)-1712107432.jpeg
सरितालाई महिला विश्वासी संघको जवान संयोजक जेसिका श्रेष्ठले सहजीकरण गरेकी थिइन् । पैरवीका लागि नेतृत्व सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सरिता लोहार तथा सावित्री रोका छनोट भएका थिए । मंगलबार भएको अन्तरसम्वादमा ‘म को हुँ’ र ‘जीवन’का विषयमा मानसिक स्वास्थ्यका विषयमा सरिता लोहोरले सहभागीलाई अवगत गराएकी थिइन् । अन्तरक्रिया कार्यक्रमको उद्घाटन वडा नं २४ की वडासदस्य निशा मालबुलले गरेकी थिइन । समापन समारोहमा वडा सदस्य उद्धब बस्नेत पनि सहभागी भएका थिए । वडाअध्यक्ष दिनेशजंग पाण्डेले अन्तरक्रिया कार्यक्रममा समापन मन्तव्य राख्दै आफ्नो हक अधिकारलाई अगाडि आउन यस्ता कार्यक्रम फलदायी हुने बताए । उनले महिला सशक्तिकरणका लागि वडाले विभिन्न कार्यक्रम गरेको जानकारी दिँदै एउटै मान्छे सबै कार्यक्रममा सहभागी हुने प्रवृत्ति अन्त्य गरी समूहका सबै सदस्यहरूलाई सहभागिताको अवसर दिन महिला समूहहरूलाई आह्वान गरे ।

WhatsApp-Image-2024-04-02-at-4.43.37-PM-1712107430.jpeg
WhatsApp-Image-2024-04-02-at-4.43.39-PM-(1)-1712107445.jpeg

  

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार