ललितपुरका अमूर्त सम्पदा विश्व सम्पदा सूचीमा राख्न अध्ययन सुरु

सोमबार, चैत १९, २०८०

ललितपुर । ललितपुुर महानगरले महानगरभित्रको अमूर्त सम्पदा विश्व सम्पदा सूचीमा दर्ता गर्न अध्ययन सुरु गरेको छ ।  ललितपुर महानगर सम्पदा शाखा प्रमखु वरिष्ठ इन्जिनियर रुद्र अधिकारीले ‘इन्टरनेशनल साइन्टिफिक कमिटी काठमाडौं भ्याली वल्र्ड हेरिटेज प्रपर्टी’को दोस्रो वार्षिक बैठकमा उनले महानगरले मूर्तसँगसँगै अमूर्त सम्पदालाई पनि उत्तिकै प्राथमिकता र महत्व दिएको बताए । 
बैठकमा अमूर्त सम्पदा विश्व सम्पदा सूचिमा दर्ता गर्नका महानगरले अध्ययन सुरु गरेको जानकारी दिएका हुन् ।  मठमन्दिर, देवालय, शिवालय मूर्त सम्पदा हुन् । जात्रा नाच अमूर्त सम्पदा हुन् । ण्ड सम्पदा शाखा प्रमुख अधिकारीले भने, ‘अमूर्त र मूर्त सम्पदाबीचको सम्बन्ध अन्योन्याश्रित छ, अमूर्त सम्पदा र मूर्त सम्पदा एक अर्काका परिपुरक हुन् ।’ ललितपुर महानगरले जात्रा, नाचको संरक्षण र निरन्तरताका लागि अक्षयकोष स्थापना गरेको छ । स्थानीय तह निर्वाचन २०७४ पछि २४ वर्षदेखि रोकिएको पायो जात्रा महानगरले सुरु गरेको छ । महानगरले कात्तिक नाचका लागि १ करोड,मतिया न्यकुः जात्रा संचालनका लागि ७० लाख, हरिसिद्धि नाच संचालन गर्न ५० लाख, रुद्रायणी नाच संचालनका लागि ५० लाख, बौद्ध परम्परा अनुसार सम्यक दान पर्व संचालन गर्न ५० लाख ,बुद्ध जयन्ती समारोह संचालनका लागि ५०, खड्ग जात्रा संचालनका लागि २५ लाख , बौद्ध परम्परा हस्तकला महाविद्यालय संचालन २० लाख, नरसिंह जात्रा संचालनका लागि १० लाखको अक्षयकोष स्थापना गरेको छ । 
बैठकमा सम्पदा शाखा प्रमुख रुद्र अधिकारीले सम्पदा पुनर्निर्माण र मर्मतको ठेक्का प्रक्रियाका लागि छुट्टै ऐन आवश्यक भएको बताए । उनले भने,‘सार्वजनिक खरिद ऐनबाट काम गर्दा सम्पदा पुननिर्माण गर्न निकै कठिन हुन्छ । ’ उक्त ऐन अनुसार काम गर्दा गुणस्तर कायम गर्न कठिन भएको उनले प्रष्ट पारे । भूकम्पले भत्काएका धेरै जसो मूर्त सम्पदा ९ मठ, मन्दिर०ले महानगर पुनर्निर्माण सम्पन्न गरिसकेको उनले जानकारी दिए । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर , बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनर्निर्माण सम्पन्न भइसकेको छ । पाटन दरबार क्षेत्रमा रहेका भाइदेग, नरसिंह, देगुतलेजु  मन्दिर पुननिर्माण भइरहेको छ ।  बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर धमाधम पुनर्निर्माण भइरहेको छ । खोकनामा रहेको रुद्रायणी मन्दिरको पनि पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । 
बैठकमा भक्तपुर, हनुमान ढोका, बौद्धनाथलगायतका क्षेत्रमा सम्पदा संरक्षण र पुनर्निर्माणका सन्दर्भमा पनि प्रस्तुतिकरण गरिएको थियो  ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार