२३ जना प्रहरी कर्मचारी सम्पर्कविहिन, सात दिनभित्र हाजिर हुन निर्देशन 

मंगलबार, चैत १३, २०८०

काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सुचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो । 
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार