रसियाको उलान उदे सहर र ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम हुँदै 

दुई सहरका असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धता 
मंगलबार, चैत १३, २०८०

ललितपुर । ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम गर्न प्रक्रिया अघि बढेको छ । महानगरको निमन्त्रणामा उलान उदे सहरका उपाध्यक्ष आनातोली येभ्गेनिभिचको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डल र ललितपुर महानगरकी कार्यवहाक नगर प्रमुख मञ्जली शाक्य नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको छलफलपछि रसियाको उलान उदे सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न थालिएको प्रक्रिया छिट्टै टुङोमा पुर्‍याउने निधो भएको हो । 

430091854_1779650965853064_2857175536848178021_n-1711416132.jpg

ललितपुर महानगरकी कार्यवहाक नगर प्रमुख मञ्जली शाक्य बज्राचार्यले उलान उदे सहरसँग भगिनीसम्बन्ध कायम गर्ने सन्दर्भमा धेरै अघिदेखि कुरा भए पनि विभिन्न कारणले रोकिएको बताउँदै अब प्रक्रिया अघि बढेर टुंगोमा पुग्ने बताइन् । 
ललितपुर महानगर ऐतिहासिक र सांस्कृतिक सहर भएको बताउँदै मौलिकता जोगाउन महानगर केन्द्र्रित भएको उनले जानकारी गराइन् । सम्पदा र संस्कृति महानगरको मूल पहिचान भएको बताउँदै सम्पदा पुनर्निर्माण र निर्माणलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको प्रष्ट पारिन् ।

May be an image of 3 people, suit and textउनले भनिन्, ‘२०७१ सालको भूकम्पमा भत्किएका सम्पदाको पुनर्निर्माणको काम अहिले सकिने क्रममा छ । ’ उलान उदे सहरबाट ललितपुरले उत्पादन र ट्राफिक व्यवस्थापन लगायतको क्षेत्रमा धेरै काम सिक्न सक्ने कार्यवाहक नगर प्रमुखले बताइन् । भगिनी सम्बन्धले दुई सहरबीचको असल अभ्यास आदानप्रदान गर्न अझै सजिलो हुने उनको भनाई थियो । 

May be an image of 7 people, people studying and newsroom
उलान उदे सहरका उपाध्यक्ष आनातोली येभ्गेनिभिचले ललितपुरसँग आर्थिक सहकार्यको विकासप्रति समर्पित भएको बताए । दुई सहरबीच भगिनी सम्बन्ध कायम हुनु भनेको सांस्कृतिक र आर्थिक सहकार्यको सुरुवात भएको बताए । उनले भने, ‘ यो सम्बन्ध निकै महत्वपूर्ण हुनेछ, म पक्का छु कि हामी आगामी दिनहरुमा फलदाय काम गर्नेछौं । ’
आनातोली येभ्गेनिभिचले ललितपुर सहरमा पाएको स्वागतको प्रशंसा गरे । उलान उदे तीन सय ५८ वर्ष पुरानो सहर भएको बताउँदै साइबेरिया र रसियाको सुदूर पूर्वमा रहेका पुराना सहरहरु मध्ये एक भएको जानकारी दिए । आफ्नो सहरको प्रमुख विशेषतामध्ये एउटा यातायात संजाल भएको बताए । उनले भने,‘यातायात संजालले पूर्वी साइबेरिया, मंगोलिया चीन,एसिया— प्रशान्त महासागरीय विभिन्न देशहरुका साथै रसियाका अन्य सुदुर पूर्वीय भागहरुलाई एक आपसमा जोड्ने काम गर्छ । ’

May be an image of 2 people, slow loris, dais and newsroom
महानगरका प्रवक्ता एवम् वडा नं.९ का वडाअध्यक्ष राजु महर्जनले ललितपुर महानगर ऐतिहासिक, सांस्कृतिक सहर भएको बताउँदै रसियाको उलान उदेसहरसँग भगिनी सम्बन्ध कायम गरेर दुई सहरका असल अभ्यासहरु आदान प्रदान गर्न सकिने बताए । 
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी देवप्रसाद गुरागाइँको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार